काठमाडौँ । कजाखस्तानको आक्टाउ शहरमा बुधबार एउटा यात्रु विमान दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार यस दुर्घटनामा केही मानिस हताहत भएको आशंका गरिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण हालसम्म खुलेको छैन । कजाखस्तानको आपतकालीन मन्त्रालयले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जानकारी दिएको छ।
समाचार संस्था रोयटर्सले रुसका समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा परेको जनाएका छन् ।यो विमान बाकुबाट रूसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तथापि, अत्यधिक कुहिरोका कारण विमानको मार्ग परिवर्तन गरिएको थियो।
अजरबैजान एयरलाइन्सले भने घटनाका बारेमा अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया