ताजा अपडेट »

बुटवल मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता

मंगलबार, ०९ पुस २०८१, २० : ५७
160 Shares
मंगलबार, ०९ पुस २०८१
160 Shares

बुटवल । मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । यहि पुसको ३ देखि सुरु भएको औद्योगिक व्यापार मेलामा मंगलबार भ्वाईस अफ बुटवल, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स् लगायतका प्रतियोगितात्मक कार्यक्रम भएको प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए ।

मंगलबार मेलामा लोक तथा दोहोरी गायक दीपक खड्का, रितु कंडेल, बसन्त लम्साल, मञ्जु भट्टराई, समिक्षा बिसि, आधुनिक गायक अर्जुन कौषल, आभाष काफ्ले लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

त्यस्तै भोली (बुधबार) बहुचर्चित गायिका एलिना चौहान, लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, धनबहादुर गुरुङ, सुशिला गौतम, शिला गुरुङ, तारा थापा, डान्सर दीपा थापाको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराए । त्यस्तै भ्याईस अफ बुटवल, खुला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स लगायतका प्रतियोगिता हुनेछन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।