ताजा अपडेट »

संविधान संशोधन कार्यदल चाँडै बनाउँछौँ : गृहमन्त्री लेखक

मंगलबार, ०९ पुस २०८१, १६ : २०
38 Shares
मंगलबार, ०९ पुस २०८१
38 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन् । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए ।

“पहिला हामी छलफल गरेर विषयको पहिचान गछाैँ । त्यसपछि  सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गछाैँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।”

 समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।