ताजा अपडेट »

सियारीमा आजदेखि पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतिोगिता

मंगलबार, ०९ पुस २०८१, ०८ : २९
70 Shares
मंगलबार, ०९ पुस २०८१
70 Shares

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा आजदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा शारिरिक बिकासलाई लिक्षत गरी प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

पुष १२ गतेसम्म सियारी ५ पब्लिक माध्यमिक विद्यालयमा प्रतियोगिता जारी रहने अध्यक्ष घिमिरेले जानकारी दिए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ संस्थागत र २ धार्मिक (मदरसा)सहित ३३ विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ । 

प्रतियोगितामा खेल विधा तर्फ दौड, भलिबल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधातर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।