ताजा अपडेट »

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन

सोमबार, ०८ पुस २०८१, २० : ००
98 Shares
सोमबार, ०८ पुस २०८१
98 Shares


बुटवल  । बुटवल उपमहानरपालिका वडा नम्बर ८ मा रहेको लुम्बिनी सिटी अस्पताल मा  बुटवलमा पहिलो पटक दुरविन पद्धतीबाट पाठेघरको सफल अप्रेसन सुरुवात गरिएको छ ।
लामो समय देखि विरामीहरुको  सेवा गर्दै आएको अस्पतालले  बिना चिरफार ल्याप्रोस्कोपिक विधिबाट बुटवलमा पहिलो पटक यस्तो सुविधाको सुरुवात गरिएको हो । जसबाट  सेवा ग्राहीहरुले लामो समय सम्म अस्पतालमा बस्नुपर्ने, पेट चिर्नुपर्ने अवस्थाबाट मुक्त हुने भएका छन् ।  यस पद्धतीबाट डिम्बासयको सिस्ट(मासु पलाएको) ,ईथोपीक प्रीगनेन्सी, ईन फिटीलाईजिटि, हिस्ट्रोरोस्कोपीको समेत अप्रसनको सेवा प्रदान हुने अस्पतालले जानकएको छ ।  अस्पतालमा बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेष डा.विष्णु गौतम सहितको टिमले अस्पतालमा अप्रेसनको सेवा प्रदान गरिएको हो । डा. गौतमका अनुसार यो पद्धतीले विरामीहरुलाई ठुलो राहात पुग्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।