ताजा अपडेट »

उपचारमा भीम अस्पतालको गम्भीर लापरवाहीः एक बालिकाको पेट भित्र सूई गयो!

सोमबार, ०८ पुस २०८१, १२ : ३७
6.45K Shares
सोमबार, ०८ पुस २०८१
6.45K Shares

बुटवल । रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालले एक बालिकाको उपचारको क्रममा गम्भीर लापरवाही गरेको पाइएको छ ।

आइतबार दाँतबाट पिप निस्किने समस्या भएर उपचारका लागि अस्पताल पुगेकी सुनिता कोहार ८ वर्षिय बालिकाको लगाउनुपर्ने सूई (ढक्कन) पेटभित्र गएको बताइएको हो । 

उनकी आमा आशा कोहारका अनुसार उनलाई उपचारका लागि आइतबार ९ बजे अस्पताल लगिएको थियो । उनको १० बजे चेकअप भएको र असहज भएपछि एक्सरे गरि हेर्दा सुई पेटमा गएको कोहारले बताइन् । बालिकालाई अहिले बालिकालाई दिशा गर्न पनि समस्या भएको उनकी आमाले आशाले बताइन् । 

सुई पेट भित्र जाँदा समेत अस्पतालले घरमा पठाइदिएकाले छोरीलाई अहिले घरमा ल्याएर राखेको उनले बताइन् । साथै अस्पतालले  उपचारका लागि धेरै खर्च लाग्ने बताएको समेत उनले बताइन् । बालिकाको उपचार डा. संगिता पन्थीले गरेकी थिइन् । यस विषयमा  कुराकानी गर्नका लागि अस्पतालकी प्रमुख डा. सकुन्तला गुप्तासँग सम्पर्क गर्दा आफुले पनि घटना बारे सुनेकाे र यस बारे आफुले थप बुझ्न लागेको बताउँना साथ फोन काटिन् ।
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।