ताजा अपडेट »

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

सोमबार, ०८ पुस २०८१, १२ : १६
12 Shares
सोमबार, ०८ पुस २०८१
12 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

  त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।