काठमाडौं । शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको सोमबार राती निधन भएको छ । राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले जानकारी दिए ।
विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्याउँदा मृत घोषणा गरेको दनुवारले बताए । मानव बेचबिखनविरुद्धको अभियन्ता दनुवार ४७ वर्ष उमेरको थिइन् । आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।
२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो । पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।
दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित भएकी थिइन् । उनी विभिन्न अन्तराष्ट्रिय पुरस्कर प्राप्त गरेकी छन् ।
प्रतिक्रिया