ताजा अपडेट »

सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तिलोत्तमा व्यापार संघको माग

सोमबार, ०८ पुस २०८१, ०८ : ४५
58 Shares
सोमबार, ०८ पुस २०८१
58 Shares

बुटवल । सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कारण क्लिङ्करको मूल्यवृद्धि भएको बहाना बनाई सिमेन्टमा गरिएको मूल्यवृद्धिले आम उपभोक्ताको चरम आर्थिक शोषण गर्ने काम भएको उल्लेख छ । संघले तत्काल बढेको मूल्य फिर्ता गर्न समेत उद्योगीहरुको ध्यानाकर्षण गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।