ताजा अपडेट »

पाल्पामा सक्कली सुनसँग नक्कली सुन साटेर ठगी गर्ने ४ जना पक्राउ

सोमबार, ०८ पुस २०८१, ०८ : ३९
336 Shares
सोमबार, ०८ पुस २०८१
336 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाबाट सक्कली सुनसँग नक्कली सुन साटेर गठी गर्ने ४ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रैनादेवी छहरा–७ की ७८ वर्षीया डिलकुमारी बगाले घरमा एक्लै बसिरहेको अवस्थामा सुन सफा गरिदिने भनेर युवाहरुको समुहले उनको गहँना निकाली सुनजस्तै देखिने अर्को वस्तु दिएर फरार भएका थिए । 

यसरी पक्राउ पर्नेमा रौतहट जिल्ला ईशनाथ गाउँपालिका बस्ने ३० वर्षीय अनिल कुमार साह, सोही ठाउँका २१ वर्षीय आशिक साह, राकेश शाह र कृष्ण साह रहेका छन् । उनीहरुलाई प्रहरी चौकी बल्ढेङ्गढीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पेश गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।