ताजा अपडेट »

बुटवल मेलामा अन्तरमावि लोक दोहोरीको उपाधि कालिका मानवज्ञानलाई

आइतबार, ०७ पुस २०८१, २१ : ४७
62 Shares
आइतबार, ०७ पुस २०८१
62 Shares

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत अन्तरमावि लोक दोहोरी गीत प्रतियोगिताको उपाधी बुटवलको कालिका मानवज्ञान माविले प्राप्त गरेको छ । यसैगरी जगननाथ मावि भुमही नवलपरासी दोस्रो, न्यू होराइजन मावि बुटवल तृतीय तथा एपेक्स ईङ्गलिस बोर्डिङ स्कुल तिलोत्तमाले सान्त्वना स्थान हासिल गरेको  साँस्कृतिक उप-समितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिए । 

प्रतियोगितामा विजेताले १५ हजार नगद राशी, पविजेताले १२ हजार, तृतीय हुने विद्यालयले ५ हजार तथा सान्त्वना हुने विद्यालयले ३ हजार नगद राशी प्राप्त गरेको कार्कीले जानकारी दिए ।

यसैगरी लोक भजन चुट्का प्रतियोगितामा राष्ट्रिय लोक भजन चुट्का संरक्षण महिला समूह  पाल्पा प्रथम, ताली भजनकृतन समूह सैनामैना दोस्रो, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तृतीय तथा आकाशदेवी भजन समूह बुटवल सान्त्वना हुन सफल भएको साँस्कृतिक उपसमितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद २० लाख राशी, उपविजेताले  १२ हजार, तृतीय हुनेले ८ हजार तथा सान्त्वना हुनेले ५ हजार नगद राशी प्राप्त गरेको कार्कीले जानकारी दिए ।

महोत्सवमा आइतबार साँस्कृतिक कार्यक्रम अन्तरगत भजन चुट्ला प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप समितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी स्थानीय कलाकारले साँस्कृतिक प्रस्तुती दिएका थिए । यसैगरी भ्वाइस अफ बुटवलको प्रस्तुती समेत रहेको सहसंयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सोमबार हुने कार्यक्रममा चर्चित गायक बम बहादुर कार्की, बद्री पंगेनी, आशा बिसी लगायतको प्रस्तुती रहने सह-संयोजक दिपक कार्कीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा आइतबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।