ताजा अपडेट »

कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ

आइतबार, ०७ पुस २०८१, १६ : ३२
16 Shares
आइतबार, ०७ पुस २०८१
16 Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

 पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गोरखाका डा. श्रेष्ठलाई आज कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
 
डा. श्रेष्ठलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।