ताजा अपडेट »

भुसाल सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा  रामचन्द्र

आइतबार, ०७ पुस २०८१, १५ : ३५
194 Shares
आइतबार, ०७ पुस २०८१
194 Shares

बुटवल । बाझकटेरी(मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनवाट पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसमतीमा चयन भएको छ ।

समाजको उपाध्यक्षमा कमल प्रकाश भुसाल, सचिवमा बावुराम भुसाल कोषाध्यक्षमा पुस्कर भुसाल र सह सचिवमा सरस्बती भुसाल चयन भएका छन् ।   त्यस्तै समाजको सदस्यमा विमला केसी भुसाल, दिनेश भुसाल ,मीरा भुसाल ,विवेक भुसाल रामचन्द्र भुसाल  चयन भएको  निर्वाचन समितीका संयोजक यमलाल भुसालले बताए । 

समाजको लेखा समिती संयोजकमा  तुल्सी प्रसाद भुसाल र सदस्यमा विष्णु शंकर भुसाल र सुरज भुसाल चयन भएका छन् । त्यस अघि साधारण सभाको उद्घाटन समारोहमा वोल्दै समाजका संस्थापक अध्यक्ष हिमालय भुसालले संस्थालाई जन्म दिदा जुन उद्देश्य  र लक्ष्य लिईएको थियो सोही अनुुसार संस्था अगाडी बढेको र समाजले  रुपन्देहीमा रहेका मदानेमा जन्म भै कर्मथलोको रुपमा कार्य गदै गरेकाहरुको कामको सराहना गरे ।

उनले भुसालहरुले नेपाल सरकारको निजामतीका क्षेत्रमा गरेको योगदानवाट प्राप्त उपलब्धीलाई जन्म स्थानमा केही भएपनि लगाउन आह्वान गरे । रामचन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार ज्ञान कुमारी भुसाल, भक्तिराम भुसाल, समाज सेवी महेन्द्र भुसाल कमल प्रकाश भुसाल अर्जुन भुसाल हिमाल भुसाल , बावुराम भुसाल लगायतले समाजले गरेका उल्लेखनीय  कार्य समाजको महत्व बढदै गएको धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।