काठमाडौं । हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको छ ।
जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाडौं आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको बताए ।
उनले भने, ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आउनुभएको रहेछ । हामीले उहाँहरुलाई नै जिम्मा लगाएका थियौं । लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।’
निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए । उनी जहाजभित्र नै अचेत भेटिएको निगमले जनाएको छ ।
प्रतिक्रिया