ताजा अपडेट »

काठमाण्डौँको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि

आइतबार, ०७ पुस २०८१, १२ : १७
58 Shares
आइतबार, ०७ पुस २०८१
58 Shares

बुटवल । रुपन्देहीमा जारी दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसी, काठमाडौंले चुमेको छ ।

मण्डे एफसी, बुटवलको आयोजनामा शनिबार सम्पन्न स्व। मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको फाईनलमा अभिषेक चर्च रजहरलाई ४-२ गोलले पराजित गर्दैै हिमालयनले उपाधि हात पारेको हो । उपाधिसंगै हिमालयनले नगद १, ०१, १११ रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

उपविजेता अभिषेक चर्च नगद ५०, १११ रूपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा उत्कृष्ट खेलाडी अभिषेक चर्जका सुभराज महत भए । हिमालयन एफसी, काठमाडौका दिपेस श्रेष्ठ उत्कृष्ट गोलरक्षक, देबदह ब्याइजका सुरज चौधरी सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट तीनै जना खेलाडीहरुले जनही ५र५ हजार रुपैया र ट्रफीबाट पुरस्कृत भए ।

एक समारोहका बिच सशस्त्र प्रहरी बल नेपाल भैरहवाका प्रहरी उपरिक्षक आनन्द थापा, क्लवका कार्यवाहक अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा पुर्व राष्ट्रिय फुटसल खेलाडी विक्रम सेन ठकुरीलाई नगद २१ हजार १ सय २० रूपैयाँ सहयोग गरिएको क्लवका कोषाध्यक्ष हरि पोखरेलले बताए ।

योगिकुटीस्थित स्वर्णिम फुटसलमा आयोजना भएको प्रतियोगितामा काठमाण्डौ सहित रूपन्देही, नवलपरासी गरि २० टिमले भाग लिएका थिए । यसैगरि कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका खेलाडी सहित विद्यार्थीहरूलाई ३० हजार रूपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान समेत गरिएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।