बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले संघका पूर्व अध्यक्ष तथा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरुसँग शनिबार छलफल गरेको छ । महासंघको आगामी योजना, पत्रकारिता पेशा तथा श्रमजिवी पत्रकारहरुको अवस्था, सञ्चार गृहहरुको अवस्था लगायत विषयमा छलफल गरिएको हो ।
संघा नयाँ नेतृत्व निर्वाचित भएसँगै आगामी दिनका लागि कार्योजना तयार पार्नुअघि छलफलाई अघि बढाइएको संघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । पूर्व अध्यक्षहरु बालकृष्ण चापागाईं, हरी लम्साल, दिपक ज्ञवाली, शेरबहादुर केसी तथा निर्वतमान अध्यक्ष रामराज पोखरेलले छलफलमा सहभागी हुँदै पत्रकारिता पेशालाई थप मर्यादित बनाउन महासंघले भूमिका खेल्नु पर्ने सुझाब दिएका थिए । यसैगरी पत्रकारहरुको क्षमता बिकाससँगै सञ्चारगृहहरुको आर्थिक बिकासका लागि समन्वय गर्नुपर्ने जोड दिएका थिए । यसैगरी पछिल्लो समय पत्रकारिता पेशाप्रति हुने गरेका नकारत्मक टिप्पणी र भ्रमलाई चिर्नका लागि सामाजिक सञ्चालमा हुने गतिविधिलाई समेत निगरानीमा राखेर अघि बढ्न उनीहरुको सुझाब थियो ।
अयस्तै संघ-संस्थाहरुसँग गरिएको छलफलमा महासंघले सबै भूगोल र बिचारलाई सम्मान गर्नेगरी अघि बढ्न सुझाव दिएका थिए । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, प्रेस सेन्टर नेपाल रुपन्देही अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देही उपाध्यक्ष पुनहरी बेलबासे तथा प्रगतिशिल पत्रकार संगठन रुपन्देही अध्यक्ष विरेन्द्र कुंवरले सबै विचार र भावनालाई समेटेर महासंघलाई साझा बनाउन सुझा दिएका थिए । श्रम जिवी पत्रकारको अधिकार स्थापित गर्ने मात्र नभई पछिल्लो समय आर्थिक रुपले धरासायी बनेका सञ्चारगृहहरुको उत्थानका लागि समेत महासंघले योजना बनाएर अघि बढ्नुपर्ने उनीहरुको सुझाब थियो ।
बैठकमा प्राप्त सुझावपछि संघका अध्यक्ष पाण्डेले सबै कुरालाई लिपिवद्ध गरी आगामी कार्योजनामा समावेश गरिने प्रतिवद्धता गरे । महासंघलाई साझा बनाउनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै उनले जिल्ला सबै श्रमजिवी पत्रकारहरुको बिकासका लागि आफूले योजना ल्याउने उल्लेख गरे । संघले कार्योजना अघि सुझाबका लागि जिल्लामा रहेका सञ्चार गृहका सञ्चालक तथा सम्पादकहरुसँग पनि छलफल गर्ने भएको छ । उनीहरुबाट प्राप्त छलफल र सुझाबका आधारमा संघको नियमित बैठक यही पौस १५ गते आयोजना गरी कार्योजना निर्माण गर्ने भएको छ ।
प्रतिक्रिया