ताजा अपडेट »

हसनापुर माविले हात पार्यो गैडहवा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड

आइतबार, ०७ पुस २०८१, १० : १३
132 Shares
आइतबार, ०७ पुस २०८१
132 Shares

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा  छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्जसहित पहिलो भएको हो।

पोहवा माविले ६ गोल्ड ५ सिल्बर ३ ब्रोन्जसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा सुर्यपुरा माध्यमिक विद्यालयले ४ गोल्ड ७ सिल्भर २ ब्रोन्ज सहित तेस्रो  भएको थियोे । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित उक्त कार्यक्रम आयोजना गरिएको थियो । गैडहवा गाउँपालि अध्यक्ष सुरेन्द्र पौडेलले सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीलाई धन्यवाद दिँदै  खेलकुद समाजको प्रमुख पक्ष रहेको बताउँदै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने उल्लेख गरे । बालबालिका र किशोरकिशोरी खेलकुदमा संलग्न हुँदा शारीरिक विकाससहित विभिन्न मानसिकस्थितिमा मद्दत गर्ने बताए । खेलकुदमा जित र हार सामान्य हो भन्ने अनुभवले भविष्यमा युवाहरूलाई जित–हारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्ने उल्लेख गरे । उनीहरूलाई सानै उमेरमा जीवनमा सामना गर्नुपर्ने रणनीतिहरू विकास गर्न सहयोग गर्ने र  त्यसैले उनीहरूले कठिन परिस्थितिलाई राम्ररी व्यवस्थापन गर्ने र अन्ततः खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्याउने हुँदा खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको बताए ।  

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले प्रतियोयगता सम्पन्न गरेकोमा धन्यवाद दिँदै खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको उल्लेख गरे । अहिलेका कमी कमजोरीहरुलाई सुधार गरि सातौं राष्ट्रपति रनिङ शिल्ड थप ब्यबस्थापनमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । सहभागी विद्यार्थीलाई हार जित भन्दापनी सहभागीतानै महान कार्य रहेको बताए । 

प्रतियोगितामा छात्र÷छात्रा दौड, एथलेटिक्स, कबड्डी र भलिबलमा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले समेत सम्मानित गरिएको थियो ।
कार्यक्रमको अध्यक्षत्ता  समेत गर्नुभएका गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताए । वडा न ५ अध्यक्ष बिजय कुमार शर्माले विद्यार्थीहरुलाई भविष्यको देशको नेता मानिने हुँदा  त्यसैले उनीहरुलाई उचित शिक्षा, जीवन कौशल र प्रशिक्षण हुनुपर्नेमा जोड दिए ।  

प्रतियोगितामा २२ वटा सामुदायिक विद्यालय, १५ वटा संस्थागत विद्यालय र ८ वटा धार्मिक विद्यालय (मदरसा)को सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले मार्चपास समेत प्रस्तुत गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।