बुटवल। देवदह प्रेस क्लबको आयोजनामा यही पौष ११ गतेदेखि दोस्रो मिडिया फेस्टिवल हुने भएको छ । आम सञ्चारको वर्तमान अवस्था, आगामी यात्रा, यसका विश्वसनीयता र आर्थिक अवस्थाका बारेमा विभिन्न विषय विज्ञहरुको उपस्थितीमा बहससहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।
महोत्सव बारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया फेस्टिवल गर्न लागिएको बताए । ‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र उहाँकी जीवनसंगिनी यशोधराजस्ता महान र विलक्षण प्रतिभावान नारीहरु जन्मिएको देवदह आफ्नै ऐतिहासिक विरासत र पुरातात्विक महत्व बोकेको क्षेत्र हो ।’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महसुस गरी गतवर्षबाट सुरु गरिएको देवदह मिडिया फेस्टिवलको दोस्रो संस्करण थप व्यवस्थित र परिस्कृत ढंगले गर्ने तयारी गरिरहेका छौं ।’
फेस्टिवलमा स्वतन्त्र प्रेस, व्यवसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसंगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरुसंग प्यानल डिस्कसन हुने जनाइएको छ । यसैगरै देवदहमा कृषि उत्पादन र उद्यमलाई जोड्दै सरहनको सीमिलाई समेत प्रवर्द्धन गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।
गत वर्ष यहाँ उत्पादन हुने मकैलाई प्रवर्द्धन गरिएको बताउँदै क्लबका सचिव निर्मल एसपीले यो वर्ष सीमित खेतीलाई अगाडि ल्याइएको बताए । अहिलेमा मिडिया फेस्टिवलमा विभिन्न ५ वटा सेशनमा विषय विज्ञ तथा सरोकारवाला व्यक्तिहरुको सहभागितामा छलफल हुने उनले जानकारी दिए ।
प्रतिक्रिया