ताजा अपडेट »

प्रधानमन्त्री ओलीका हप्ता दिन : उद्घाटन र भाषणमै बित्यो समय

शनिबार, ०६ पुस २०८१, ११ : ५२
42 Shares
शनिबार, ०६ पुस २०८१
42 Shares

काठमाडौं । २०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए ।

अध्यक्ष ओलीलाई संविधानको धारा ७६ ९२०अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे ।  

सो क्रममा पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने कामको सङ्ख्या २७४ वटामध्ये १८५ कामहरू सम्पन्न भएको सुनाए । त्यस क्रममा उनले सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको पनि बताए । सुशासन र भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताएका थिए ।

प्रधानमन्त्री ओलीले सय दिनका उपलब्धि सार्वजनिक गरेको दुई महिना पूरा भइसकेको छ । तर उनले गरेका कामहरु व्यवहारिक रुपमा कति फलदायी रहे भन्नेबारे समिक्षा गर्नुपर्ने बेला आएको छ । यस पटक हामीले ओलीका हप्तादिनका गतिविधिबारे फेहरिस्त राख्ने प्रयास गरेका छौं ।

बितेको एक हप्ताभरी मुख्यमुख्य घटनाक्रमसहित प्रधानमन्त्रीले के कस्ता कामहरुमा समय बिताए भन्नेबारे समीक्षा गर्नुपर्ने आवाज उठिरहेको छ । उनले सय दिनको फेहरिस्त सुनाउँदै भनेका थिए, ‘आज हामीले सत्ता सम्हालेको एकसय दिन पूरा भएको छ । तर म यहाँ तपाईंहरूलाई तथ्याङ्कको लामो सूची सुनाउँदै छैन । किनकि अङ्कहरू आफैंमा के हुन् र रु वास्तवमै महत्त्वपूर्ण कुरा भनेको ती अङ्कहरूले छोएका जीवन, हल्का बनाएका पीडा र देखाएका सुन्दर भविष्य हुन् ।’

यति मात्र होइन, प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने ‘एजेन्डा’ सहित दुई ठूला दल कांग्रेस र एमाले मिलेको दाबी गरेका थिए । ओलीले हरेक पटक भाषण गर्न मञ्चमा उभिएर भन्ने बाक्य हो– ‘सरकार ढल्दैन, सहमतिअनुसार शेरबहादुरज्यूलाई हस्तान्तरण गर्छु ।’ ओली भाषणप्रेमी भएकाले दिनदिनै उद्घाटन र भाषणमा व्यस्त हुने गरेका छन् । संविधान संशोधन मुल एजेण्डामाथि भने छलफल हुनै छाडेको छ ।

३० मंसिरमा उनले ज्यापू समाजको कार्यक्रमलाई सम्बोधन गरे । सोही दिन ओलीले एमालेको संगठन विभागद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरे । उक्त कार्यक्रममा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिए । ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुप¥यो भन्ने कुराको कुनै तुक छैन । उहाँ ९विद्या भण्डारी० सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यक पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ । भेटेर गल लगाइरहनु पर्दैन ।’

२९ मंसिरमा ओलीले काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरे । सम्बोधनमा ओलीले शिक्षा प्रमाणपत्र मात्र दिने खालको होइन, सिर्जना गर्ने खालको हुनुपर्छ भन्दै आत्मनिर्भर र रोजगारी दिने शिक्षा हुनुपर्ने बताए ।

२८ मंसिरमा प्रधानमन्त्री ओलीले बूढानीलकण्ठ नगरपािलकाकाका १, २ र ७ वडाको प्रशासनिक भवन उद्घाटन गरे । त्यही दिन कपनमा ह्यान्डबल बहुद्देश्यीय खेल मैदानको उद्घाटन गरे । २८ मंसिरमा नै ओलीले नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गरे । सोही दिन प्रधानमन्त्री ओलीले नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई सम्बोधन गरे ।

२७ मंसिरमा अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धित विवाद समाधान सम्मेलनको उद्घाटन गरे । २७ मंसिरमै त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई सम्बोधन गरे ।
प्रधानमन्त्री ओली २६ मंसिरमा तेह्रथुम पुगेर आफूले अध्ययन गरेको प्रणामी माविको विद्यालायको नयाँ भवनको उद्घाटन गरे ।  दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउन्डेसनले भवन बनाइदिएको हो । उक्त विद्यालयमा गत वर्षको एसईईमा राम्रो नतिजा नआएको सुनेर आफूमा खिन्नता आएको पनि ओलीले बताए ।

तर, ओली खिन्नता प्रकट गर्ने ठाउँमा होइन, नतिजा नराम्रो आउनुको कारण खोज्ने र समाधान गर्ने ठाउँमा पटकपटक पुगिसकेका छन् । अहिले पनि देशको कार्यकारी छन् । तर, उनी आफू पढेको स्कुलको नतिजा राम्रो नआएकाले मन खिन्न भएको भाषण गरेर फर्केका छन् । 

२४ मंसिरमा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापामा विभिन्न कार्यक्रमलाई सम्बोधन गरे । झापाको बेलडाँगीमा खानेपानीको उद्घाटन गरे । महारानी झोडामा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरे । झापाको गौरादहमा ताजपुरिया समाज कल्याण परिषद्को स्थापना दिवसमा सहभागी भएर सम्बोधन गरे । त्यही दिन एमालेको जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरे ।

२४ मंसिरमा नै सबैभन्दा बढी चर्चामा रहेको दमकको व्यापारिक कम्प्लेक्सको उद्घाटन गरे ।
२३ मंसिरमा प्रधानमन्त्रीले झापाको मानव सेवा आश्रम भवनको उद्घाटन गरे ।
१४ मंसिरमा लुम्बिनी पुगेर प्रधानमन्त्री ओलीले लुम्बिनी विश्वविद्यालयको तेस्रो दीक्षान्त तथा २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेका थिए ।
१२ मंसिरमा छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन गरे ।
११ मंसिरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रम उद्घाटन गरे ।

ओलीले गर्ने उद्घाटन र भाषणको सिलसिला निरन्तर जारी छ । उनलाई उद्घाटन र भाषणले व्यस्त गराएको छ । जबकि अर्थतन्त्रले लय समात्न नसकेको सरकारका मन्त्रीहरू नै स्वीकार गर्छन् । यसैगरी प्रधानमन्त्री ओलीले २ पुसमा ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा प्रमुख अतिथि बने । उनले त्यहाँ ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा  तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।
३ पुसमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवस समारोहमा ओली सहभागी भए । उक्त कार्यक्रममा ओलीले राजनीतिक टिप्पणी बढी गरे । राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको प्रधानमन्त्रीले दाबी गरे ।

अघिल्लो सरकारतर्फ लक्षित गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस–कसका के–के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको उनले दोहो¥याए ।-आकांक्षा धामी/नेपाल न्यूज बैंक

 

 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।