ताजा अपडेट »

बुटवलमा यसरी मनाउँदै छन् गुरुङहरुले तमु ल्होसार

शनिबार, ०६ पुस २०८१, ०८ : ३९
12 Shares
शनिबार, ०६ पुस २०८१
12 Shares

बुटवल । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व तमु ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ ।

शनिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी तमु ल्होसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको तमु ल्होसार मनाइदै छ ।

ल्होसारका अवसरमा पुस ११ गते बिहान ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिने र यसको जिम्मा सहसचिव तेजप्रसाद गुरुङलाई दिइएको छ । त्यसैगरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरि दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति र्याली निकालिने र उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुने बताइएको छ । सांस्कृतिक इकाई स्तरको २५ वर्षमुनिको नृत्य प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सहकोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ ।

पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिने सचिव आशा गुरुङले जानकारी गराइन् । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापुर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताए ।

त्यस्तै जिल्ला अध्यक्ष बिमला गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।