ताजा अपडेट »
बाजुरा भुकम्प

बाजुरामा पाँच रेक्टरको भूकम्प

शनिबार, ०६ पुस २०८१, ०६ : २६
74 Shares
शनिबार, ०६ पुस २०८१
74 Shares

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।  भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका छन् । यसअघि गएको बिहीबार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर  ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसैगरी गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर पनि लगातार दुईवटा भूकम्प गएका थिए। 

यी सबै भूकम्प ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पको परकम्प होइनन्। एक साताको बीचमा बाजुरा, बझाङ र मनाङमा गएको सबै भूकम्प नयाँ हुन्।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।