ताजा अपडेट »
नेफ्स्कून सम्मान पुरस्कार २०८१

नेफ्स्कून सम्मान पुरस्कार २०८१ प्रदान, सुनवलकाे सयपत्री सहकारी बन्याे सर्बाेत्कृष्ठ साकाेष

शनिबार, ०६ पुस २०८१, ०८ : ४५
40 Shares
शनिबार, ०६ पुस २०८१
40 Shares

बुटवल  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी तथा साकोस अभियानमा दीर्घ योगदान दिने, उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई पुरस्कृत एवम् सम्मानित समेत गरेको छ ।

 बुवलमा आयोजना गरिएको संघको ३३औं वार्षिक साधारण सभामा शुक्रबार  विभिन्न विधामा उत्कृष्टहरुलाई सम्मानित गरेको हो । साधारणसभाको प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले नेफ्स्कून सम्मान तथा पुरस्कार २०८१ बाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मानित गरेका हुन ।

नेफ्स्कूनले लामो समयदेखि सहकारी तथा साकोस अभियानमा योगदान दिएका व्यक्तित्व तथा उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई स्थापना दिवसको अवसरमा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ । यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारणसभामा प्रदान गर्ने संङकाे चलन समेत रहेकाे  छ । 

नेफ्स्कूनको ३७औं स्थापना दिवसका अवसरमा साकोस अभियानको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्तित्वहरुसँगै उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न व्यक्ति एवम् संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियाे । गत साउन ३२ गते काठमाडौंमा आयोजित ३७औं स्थापना दिवस समारोहको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार घोषणा गरिएको थियो । 

नेफ्स्कून सम्मान पुरस्कार छनौट उपसमितिकातर्फबाट संयोजक एवम् संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले गएको स्थापना दिवसमा सम्मान पुरस्कार घोषणा गरेका थिए । 

नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत) को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नेफ्स्कून सम्मान तथा पुरस्कार उपसमितिबाट मुल्याङकन गरी सिफारिस गरिएका संघ-संस्था र व्यक्तिहरुलाई नेफ्स्कूनको ३७ औ स्थापना दिवसका अवसरमा घोषणा गरी वार्षिक साधारण सभामा सम्मान तथा उत्प्रेरणा प्रदान गर्ने निर्णय उपसमितिले गरेको थियो  ।

नेफ्स्कून सम्मान पुरस्कारको आवदेन यो पटक संघको सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत माग गरेको थियो । गत वर्षबाट संघले सम्मान पुरस्कारको आवेदनलाई अनलाईन प्रणाली (एमआईएस) मार्फत प्रविधिमैत्री समेत बनाएको छ। 

शुक्रबार वितरण गरीएकाे अवार्डमा नवलपरासीकाे सुनवल मा रहेकाे सयपत्री बचत तथा श्रृण सहकारी  संस्था  लि. सर्बाेत्कृष्ठ सहकारी भएकाे छ भने 

यस्ताे छ पुरस्कृतहरुको नामावली :सयपत्री बजन तजक                                                                                                                                                                                                                          
sakos

5

6

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।