बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा बुटवलमा सुरूभएको छ । एउटै अभियान एउटै आवाजः सुरक्षित साकोस समुन्नत समाज भन्ने नारा सहीत पाैष ५ र ६ गते दुइ दिन सम्म चल्ने आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक समारोहका बीच आज उद्घाटनगरेका हुन । सभा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेकाे हाे ।
सभामा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय एवम् रुपन्देही स्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु,काे उपस्थिति रहेकाे थियाे ।
यस्सते सभामा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, नेफ्स्कूनका पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कून अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कून अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पान्डे एवम् स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता थियाे ।
सभामा संघको सिङ्गो सञ्चालक समिति सहित देशै भरीबाट नेफ्स्कूनका सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।
दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गरेका थिए ।
नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । ७६ जिल्ला पहुँच रहेको बचत तथा ऋण विषयक मुलुकको एक मात्र केन्द्रीय संघमा हाल ४ प्रदेश बचत संघ, ६५ जिल्ला बचत संघ, ४ हजार ६ सय बढी प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।
प्रतिक्रिया