दाङ । दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे १ बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा तुलसीपुरबाट घोराही तर्फ आँउदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही १० का ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार उनको उपचारको क्रममा करिब २ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै बसमा सवार २२ जना मध्य घाइते ११ जनालाई उपचारको लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते हुनेहरूमा रोल्पाको त्रिवेणी गाउँपालिका ४ बस्ने २८ वर्षीय वीर बहादुर डाँगी, दाङको राप्ती गाउँपालिका ५ बस्ने ३१ वर्षीय प्रेम सुवेदी ,तुलसीपुर १७ बेलझुण्डी बस्ने ४५ वर्षीया देवा बिक, तुलसीपुर १६ बस्ने ५४ वर्षीय सिता कुमारी अधिकारी , तुलसीपुर १९ बस्ने ३८ वर्षीय तुलसा खड्का ,घोराही ९ बस्ने ६० वर्षीय बल बहादुर डाँगी , घोराही ५ बस्ने २४ वर्षीया साबित्रा बस्नेत, घोराही ३ बस्ने ३४ वर्षीय राम सिंह चौधरी , घोराही १२ बस्ने ३७ वर्षीय नर बहादुर वली, घोराही ९ बस्ने २२ वर्षीय सिता विश्वकर्मा र घोराही १५ बस्ने २४ वर्षीय दीप परियार रहेका छन् । यस्तै बस चालक घोराही १८ फुर्सेखाली बस्ने ५३ वर्षीय गोपाल बिक नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी इश्वर थापाले जानकारी दिए ।
प्रतिक्रिया