ताजा अपडेट »

बुटवल मेलामा अन्तर विद्यालय लोकदोहोरी प्रतियोगिताका ३ प्रतिस्पर्धा सम्पन्न

शनिबार पशुपति शर्माको प्रस्तुती रहने

शुक्रबार, ०५ पुस २०८१, १९ : ५६
36 Shares
शुक्रबार, ०५ पुस २०८१
36 Shares

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजित अन्तर मावि लोक दोहोरी गीत प्रतियोगितामा पहिलो चरणको प्रतिस्पर्धामा शुक्रबारसम्म ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका छन् । विहिबारदेखि सुरु भएको प्रतिस्पर्धामा पहिलो दिन २ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए भने शुक्रबार दोस्रो दिन ४ वटा विद्यालयले प्रतिस्पर्धा गरेको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजूले जानकारी दिए । 

प्रतियोगितमा ११ वटा विद्यालयले सहभागिता जनाएको उनले जानकारी दिए । दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगता अन्तरगत विहिबार एपेक्स मावि र सगरमाथा माविले प्रतिस्पर्धा गरेका छन् भने शुक्रबार कान्ती मावि र ध्यानन् मावि तथा शान्ति नमूना मावि र कालिका माविले प्रतिस्पर्धा गरेको संयोजक कसजूले जानकारी दिए । प्रतियोगिताको विजेताले २० हजार नगद राशीसहित विभिन्न आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्ने छ भने उप विजेताले नगद १५ हजार पुरस्कार राशी, तृतीय हुनेले १० हजार तथा सान्त्वना हुनेले ५ हजार नगद राशी प्राप्त गर्ने संयोजक कसजूले जानकारी दिए । 

मेलाका साँस्कृतिक कार्यक्रम अन्तरगत भ्वाइस अफ बुटवलमा अडिसन राउण्डबाट छनोट भएका १२ जना प्रतियोगिले शनिबार प्रतिस्पर्धा गर्ने साँस्कृतिक उप समितिका उप संयोजक सुमन श्रेष्ठले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य कार्षणको रुपमा रहेको यो प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ पुरस्कार राशीसहित विभिन्न आकर्षक गिफ्टह्यम्पसर तथा फर्स्ट रनरअपले ३० हजार ३३३ रुपैयाँ नगद राशीसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्ने संयोजक कसजूले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शुक्रबार चर्चित गायिका समीक्षा अधिकारीले प्रतिस्तुती दिएकी छन् । यसैगरी स्थानीय कलाकारहरु लालुमाया थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल तथा भुवन अधिकारीले प्रस्तुती दिएका छन् । 

महोत्सवमा शनिबार राष्ट्रिय कलाकार चर्चित गायक पशुपति शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा तथा नृत्यङ्गना परी क्षेत्रीको प्रस्तुती रहने छ । यसैगरी अरोक्ष व्याण्डको प्रस्तुतीसँगै विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता र लोक भजन प्रतियोगिता समेत आयोजना हुने सह संयोजक श्रेष्ठले जानकारी दिए । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।