ताजा अपडेट »

विद्युत प्राधिकरणले माग्यो प्रबन्धकदेखि मिटर रिडरसम्म एक हजार बढी कर्मचारी

शुक्रबार, ०५ पुस २०८१, १२ : ५४
382 Shares
शुक्रबार, ०५ पुस २०८१
382 Shares

 काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले अधिकृतदेखि सुपरभाइजरसम्मका लागि कर्मचारी माग गर्दै प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो।

अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृतदेखि जियोलोजिस्टसम्म १९५ जनाका लागि दरखास्त आह्वान भएको छ।

सहायकस्तरमा मिटररिडिङ सुपरभाइजरका लागि ४१ जना र ३४ जना लेखापाल मागिएको छ।

 इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० जनाका लागि दरखास्त आह्वान गरिएको छ। जसमध्ये कोशी प्रदेशा १४० जना, मधेसमा ९५, बागमता १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना मागेको छ।

त्यस्तै १९ जना मेकानिकल सुपरभाइजर २ जना सर्भे सुपरभाइजर र एकजना सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर मागिएको छ।

इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकहरूले माघ ३ गतेसम्म दरखास्त दिन सक्नेछन्।

2024-12-20-12-02-36-2081-09-05-11-1734677374

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।