बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीमा पदस्थापन भएको छ। गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितीलाई निवर्तमान कार्यसमितीले पदस्थापन गरेको हो।
नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित पदस्थापन समारोहमा संघको निर्वाचन समितीले नव निर्वाचित कार्यसमितीलाई निर्वाचित भएको प्रमाणपत्र बितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो। पदस्थापन समरोहमा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले निर्वाचनका समयमा भएका सबै तिता अनुभवहरु बिर्सेर नयां ढंगले अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरे। अव हामी निर्वाचनमा भएका तिता अनुभवहरुलाई बिर्सौ र नयां ढंगले अगाडी बढौं पाण्डेले भने।
पाण्डेले महासंघको प्रतिष्ठा र गरिमा बढाउन सबैको साथ जरुरी रहेको बताउदै महासंघमा लिंग, जात धर्म र संगठनका आधारमा भेदभाव भएको कसैले पनि महशुस गर्न नपाउने गरी काम गर्ने बताए। महासंघका सदस्यहरुले आफुमाथी बिभेद भएको महशुस गर्नुहुने छैन उनले थपे।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामराज पोखरेलले आफ्नो कार्यकालमा भएका अनुभवहरुलाई आगामी दिनमा पत्रकार महासंघलाई साझा बनाउने दिशामा कामयाव हुने बताए। उनले आफ्नो कार्यकालमा सहकार्य र सहयोग भएकोमा पत्रकार पत्रकार सम्वद्ध संघ संस्थाहरुलाई आभार ब्यक्त गरे।
महासंघका निर्वतमा सचिव बिनोद परियारको सञ्चालन तथा अमृता अनमोलको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु हारि लम्साल, यानेन्द्र जिसी नेपाल प्रेस युनियनका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपालका अध्यक्ष लक्ष्मण पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष बिरेन्द्र कुंवर, प्रेस सेन्टरका अध्यक्ष बिष्णु पोखरेल,समाजबादी प्रेस संगठनका अध्यक्ष पुनहरी बेल्वासे लगायतले शुभकामना मन्तब्य दिएका थिए।
यसैगरी पदस्थापनसँगै विहिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संघका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ पत्रकार भरत केसी, खिमानन्द भट्टराई र हरिष ढकाललाई मनोनित गरेको छ । यसैगरी वैधानिक व्यवस्था अनुसार निर्वतमान अध्यक्ष रामराज पोखरेल, पूर्व अध्यक्ष यानेन्द्र जिसी र सम्पन्न निर्वाचनमा प्रमुख प्रतिस्पर्धी विनोद परियार सल्लाहकार भएका छन् । बैठकले संघको आगामी कार्योजना तयार गर्नका लागि सचिव सिपी खनालको सांयोजकत्वमा ३ सदस्य कार्यदल गठन गरेको छ । यही पौष १५ गते हुने नियमित बैठकबाट कार्योजना तयार पार्नेगरी संघका पूर्व अध्यक्षहरु, पत्रकार सम्बद्ध संघ–संस्थाका प्रनिधि, सञ्चारगृहका सञ्चालक तथा सम्पादकहरुसँग चरणबद्ध छलफल गरी सुझाब संकलन गरिने भएको छ ।
प्रतिक्रिया