ताजा अपडेट »

महिला यू-१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल

शुक्रबार, ०५ पुस २०८१, ०७ : २७
60 Shares
शुक्रबार, ०५ पुस २०८१
60 Shares

काठमाडौं ।  महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।