ताजा अपडेट »

आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छः गृहमन्त्री

विहीबार, ०४ पुस २०८१, १४ : ०८
14 Shares
विहीबार, ०४ पुस २०८१
14 Shares

चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुन अनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्यादै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

 आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताए । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उनले हुने बताए । 

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताए । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।