ताजा अपडेट »

बुटवल मेलामा बुटवल हस्पिटल प्रा.लि.को स्वास्थ्य सेवा

विहीबार, ०४ पुस २०८१, १३ : ४४
106 Shares
विहीबार, ०४ पुस २०८१
106 Shares

बुटवल । पौष ३ गते बाट संचालनमा आएको बुटवलको औधोगिक व्यपार मेलामा बुटवल हस्पिटल प्रा।लि।ले आफ्नो प्राथमिक उपचार सेवा संचालन गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो ।

मेला स्थलमा आई पर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेला मुल आयोजक समिति बुटवल उधोग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारीले जानकारी दिए । उनका अनुशार पौष ३ देखि १८ गतेसम्म संचालन हुने मेलामा कुनै पनि स्वास्थ्य सम्वन्धी समस्या आए त्यसको सहजिकरण बुटवलकै नमुना अस्पताल बुटवल हस्पिटल प्रा।लि।ले गर्ने गरि व्यवस्थापन गरिएको छ ।

बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्ने गरि व्यवस्थापन गरिएको छ ।  नेपाल सरकारबाट १ सय शैयाको संचालन अनुमती प्राप्त यस क्षेत्रकै विशेषज्ञ चिकित्सक तथा अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्य सेवा संचालन गरेको बुटवल हस्पिटल प्रा।लि।ले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा रहेको छ ।

त्यसका लागि मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताए। प्रतेक दिन स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि बुटवल हस्पिटलको प्राथमिक उपचारकक्षमा पुग्न हस्पिटलले अनुरोध समेत गरेको छ ।

यस क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरु, खेलकुद लगायतका ईभेन्टहरुमा पनि बुटवल हस्पिटल प्रा लि ले आफ्नो सेवा दिदै आएको अस्पतालका मेडिकल सुपरेटेण्डेन डा कृष्ण खनालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।