ताजा अपडेट »

गैडहवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

विहीबार, ०४ पुस २०८१, ०७ : २९
38 Shares
विहीबार, ०४ पुस २०८१
38 Shares

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा  छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा २२ वटा सामुदायिक विद्यालय, १५ वटा संस्थागत विद्यालय र ८ वटा धार्मिक विद्यालय (मदरसा)को सहभागीता रहेको छ । प्रतियोगिताको पहिलो दिन विद्यार्थीले मार्चपाससँगै विविध साँस्कृतिक प्रस्तुती गरेका थिए । वडा नम्बर ५ स्थित सिद्धार्थ गौतमबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले प्रतियोगिताको उद्घाटन गर्दै गैडहवाको शैक्षिक बिकासका लागि खेलकूदलाई पनि जोडिएको उल्लेख गरे । सिकाइ परीक्षामुखी मात्र नभई डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोगबाट हुनु पर्नेमा उनले जोड दिए । यसैगरी पालिका भित्रका शैक्षिक संस्थाहरुको भौतिक संरचना सुधार तथा प्रविधिको उपलब्धताका लागि प्रयास जारी रहेको समेत उल्लेख गरे । पालिकाको समग्र बिकासमा कसैले पनि राजनीति नगरी बिकासमा एक हुन उनले आह्वान समेत गरे । 

गैडहवाका पूर्व अध्यक्ष बच्चुलाल केवटले प्रतियोगितामा सहभागीहरुलाई शुभकामना व्यक्त गरे । गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट राम लाल लोध, सामुदायिक विद्यालयबाट रामजी प्रसाद आचार्य, वडा न ५ अध्यक्ष बिजय कुमार शर्मा शुभकामना व्यक्त गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।