बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), अर्घाखाँची जिल्ला समितिको बैठक बुधबार सम्पन्न भएको छ। बैठकमा महाआधिवेशनको तयारी र सम्वन्धित विभिन्न समसामयिक विषयवस्तुमा छलफल भएको जिल्ला अध्यक्ष महोन्द्र सुनारले बताए ।
बैठकमा बोल्दै प्रदेश इन्चार्ज कलमप्रसाद खनालले सदस्यता विस्तारलाई वडा तहसम्म नै पुराउन जिल्लालाई निर्देशन दिए । पुराना दलहरुले निकास दिन नसक्ने र नयाँ उदायका दलहरु पनि विभिन्न काण्डमा फस्दै गएकाले अबको बास्तविक वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी हुने खनालले दावी गरे ।
बैठकमा बोल्ने सबै नेताहरुले अबको संघगठन निर्माणमा गम्भीर भएर लाग्नु पर्ने बताएका थिए । साथै उनीहरुले महाआधिवेशनलाई ऐतिहासिक र जनमुखी बनाउन सबै लाग्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया