ताजा अपडेट »

चौथो कालिका कप जारी, बुधबार विविध प्रतियोगीता सम्पन्न

बुधबार, ०३ पुस २०८१, २१ : १०
20 Shares
बुधबार, ०३ पुस २०८१
20 Shares

बुटवल ।  बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् ।

एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र छात्रा कबड्डी प्रतियोगीताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् ।यस्तै छात्रा तर्फ पशुपती माविका चाँदनी पासी प्रथम भएकी हुन ।

यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी  छिन् । ४वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

यस्तै छात्र तर्फ जनज्वोति माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपती माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।

यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प््रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।

४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रा तर्फ पशुपती माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगीतमा पहिलो खेलमा न्युहोराईजन र पशुपती माविका विचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडमीको विचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।

यस्तै अर्को पाचौ  प्रतिस्पार्धामा ईडन मावि र उजिर  सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्वोति मावि र क्यान माविका विचमा  भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका विचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा विचमा  भएको प्रतियोगीतामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतियोगीतामा नविन औद्योगीक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका विचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।