ताजा अपडेट »

नेपाल बैंकर्स एसोसिएसनमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित

बुधबार, ०३ पुस २०८१, १९ : ०७
36 Shares
बुधबार, ०३ पुस २०८१
36 Shares

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए ।

यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा  कार्यसमितिमा तीन जना सदस्य रहेका छन् । जसमा  एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।