ताजा अपडेट »

कान्ति मावि बुटवलले मनायो ७१औं वार्षिकोत्सव

बुधबार, ०३ पुस २०८१, १९ : ०५
52 Shares
बुधबार, ०३ पुस २०८१
52 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

कान्ति माविका संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतित्थता रहेको थियो।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै मेयर पाण्डेले बुटवल मुलुककाे शैक्षिक केन्द्र भएकोले यहाँका हरेक शैक्षिक सस्थाहरुले कान्ति मा वि काे सफलताबाट प्रेरणा लिएर आफ्ना शैक्षिक याेजना बनाउन सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले कान्तिमाविकाे शैक्षिक सफलताले बुटवलको सफलतामा महत्त्वपूर्ण ईटा थपेकाेले आगामी दिनहरुमा प्राविधिक शिक्षा अगाडि बढाउनका लागि नगरपालिकाले सबै प्रकारका सहयाेग गर्ने प्रतिबद्धता राखे ।

विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे ,कान्ति माविको शैक्षिक गुणस्तर सुधारको प्रयास र शिक्षक कर्मचारीको लगाव र प्रतिबद्धतामा रूपन्देही मात्र नभएर देशकै विद्यालय शिक्षा शिक्षाको लागि गौरवको विषय भएको  र यसलाई कायम राखि राख्ने चुनाैतीकाे सामना गर्ने क्षमता कान्ति मा वि काे टिममा रहेको बताए ।

भुतपुर्व विद्यार्थीकाे सस्थाका अध्यक्ष गाेपाल अधिकारीले शुभकामना मनतव्यमा विद्यालयकाे शैक्षिक, भाैतिक र प्राविधिक सफलताका लागि अल्मुनाई एसाेसियसनले हरेक प्रकारका सहयोग र सहकार्य गर्ने बताए । 

उक्त कार्यक्रममा विभिन्न संघसंस्थाहरू, उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षकहरुमा माेहन भट्टराई, केशबराज भण्डारी, खुमराज पाैडेल , चन्द्रकला न्याैपाने, कर्मचारी निर्मला देवकोटा र केशब श्रेष्ठ एवम् शिक्षा पत्रकारितामा  योगदान पुऱ्याए बापत पत्रकार विकास पराजलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

उक्त अवसरमा आइएसओ  नेपालका कन्ट्री डाइरेक्टर सुदिप शर्माले विद्यालयलाई आइएसओ  प्रमाणपत्र समेत प्रदान गरेका थिए । अब कान्ति माध्यमिक विद्यालय नेपालमा आइएसओ  प्राप्त पहिलो सामुदायिक विद्यालय भएको छ। 

कार्यक्रममा  विद्यार्थीले सचेतनामूलक नाटक र विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा शुभकामना मनतव्य दिने सबै बक्ताहरुले  विद्यालयको शैक्षिक ,भौतिक, व्यवस्थापकीय र वातावरणीय पक्षहरू अन्य विद्यालयको लागि पनि अनुकरणीय भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रम विद्यालयका खेल प्रशिक्षक महेश खनालको सञ्चालनमा सम्पन्न भएको थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।