ताजा अपडेट »

विपन्नलाई न्याना कपडा वितरण

बुधबार, ०३ पुस २०८१, १४ : २७
20 Shares
बुधबार, ०३ पुस २०८१
20 Shares

मुगु । चिसोले कष्टकर दिन कटाइरहेका यहाँका दलित बस्तीका नागरकि र विद्यार्थीलाई चिसो छल्न न्याना कपडा वितरण गरिएको छ । 

काठमाडौंंको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शविकुमार पन्तको सहयोगमा र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउँका  दलित समुदायसँंगै उक्त गाउँमा रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् ।

पन्तले मङ्गलबार मुगुम कार्माराङ–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा पुगी १२८ विद्यार्थीलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा–१३ लापु दलित बस्ती र लापुमै  रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन्  ।
    
लापु गाउँको दलित बस्ती अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विभिन्न सञ्चारमाध्यमा समाचार आएपछि आफूलगायत वैदेशकि रोजगारीमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरुका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी साम्रगी सहयोग गरेको उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।