ताजा अपडेट »
नेपाल प्रिमियर लिग इलिमिनेटर

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य

बुधबार, ०३ पुस २०८१, ११ : ०२
10 Shares
बुधबार, ०३ पुस २०८१
10 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको इलिमिनेटर अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।

जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।