ताजा अपडेट »

कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै

मंगलबार, ०२ पुस २०८१, २१ : ०२
178 Shares
मंगलबार, ०२ पुस २०८१
178 Shares

दाङ । दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केही कैदीले परिवारलाई खर्चसमेत पठाउने गरेका घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरले जानकारी दिए।

उनका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबापत पाँचदेखि आठ सय र मुढा बनाएर महिनाको चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्त तथा अन्यले खरिद गर्ने गरेका छन् ।

कारागारमा एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।