ताजा अपडेट »

भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

मंगलबार, ०२ पुस २०८१, १६ : २५
540 Shares
मंगलबार, ०२ पुस २०८१
540 Shares

काठमाडौं ।  मलेसियामा जारी एसीसी यू १९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक(एक अंक बाडेका छन् ।

योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।