ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलका विद्यार्थीले गरे नेपाल र भारतका विविध क्षेत्रको भ्रमण

मंगलबार, ०२ पुस २०८१, १० : ५६
620 Shares
मंगलबार, ०२ पुस २०८१
620 Shares

बुटवल । ब्रिटिस ग्रामर स्कुल रुपन्देहीको शैक्षिक भ्रमण सप्ताह सम्पन्न ब्रिटिस एजुकेशन ग्रुपको व्यवस्थापनमा संचालित मोफसलको एक मात्रै प्रोगेसिभ स्कुल ब्रिटिस ग्रामर स्कुलले सिकाइका लागि भ्रमण भन्ने लक्ष्यका साथ कक्षा पिजीदेखि १२ कक्षा सम्मका विद्यार्थीका लागि नेपाल र भारतका विविध क्षेत्रको भ्रमण सम्पन्न गरेको छ ।

नेपालका कपिलवस्तुदेखि भारतका नेपाली बहुल क्षेत्र सिक्किम र दार्जलिङसम्मका ऐतिहासिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक र पर्यटकीय क्षेत्रलाई केन्द्रमा राखी गरिएको भ्रमणबाट विद्यार्थीले त्यहाँको कला, सँस्कृति, रीतिरिवाज, भूबनोट, जीवनलाई प्रत्यक्ष जान्नुका साथै घर बाहिर कसरी बस्न सकिन्छ भन्ने सीप प्रत्यक्ष रुपमा सिक्ने अवसर प्राप्त गरेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिए ।

111111

शैक्षिक भ्रमण शिक्षणको महत्वपूर्ण प्रक्रिया हो जसले विद्यार्थीलाई कक्षा कोठाको सीमितताबाट बाहिर निस्केर प्रत्यक्ष अनुभव र ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्दछ । सामाजिक सीपको विकास र जीवन जगतप्रतिको दृष्टिकोण फराकिलो बनाउन हौसला दिन्छ । किताबी ज्ञानलाई व्यावहारिक ज्ञानका रुपमा ढाल्नका लागि यस्ता शैक्षिक भ्रमण महत्वपूर्ण रहने गर्दछन । मानिसका सुख, दुख मात्रै नभएर जीवनका हरेक आयाम सिक्ने अवसर घुमफिरबाट पाइन्छ ।

22

यसै लक्ष्यलाई मध्यनजर गर्दै ब्रिटिस ग्रामर स्कुल रुपन्देहीका विद्यार्थीले कक्षागत अवलोकन भ्रमण सम्पन्न गरेका छन् । प्रिप्राइमेरी तह र कक्षा एकका विद्यार्थीले एकदिने वनवाटिकाको भ्रमण सम्पन्न गरेका छन । वनवाटिका भित्र रहेका जैविक विविधता बुझ्ने उद्देश्यले सो अवलोकन भ्रमण आयोजना गरिएको हो ।  कक्षा दुईका विद्यार्थीले एकदिने बुध्द जन्मस्थल लुम्बिनी र त्यस आसपासका क्षेत्रको अवलोकन गरी बुध्द र यसको धार्मिक र साँस्कृतिक महत्व बुझ्ने अवसर पाए। 

कक्षा तिनका विद्यार्थीले एकदिने कपिलवस्तुको गजेडी तालको अवलोकन भ्रमण गरी जल र जलचरको जीवनशैली जान्ने अवसर पाए भने कक्षा चार र पाँचका विद्यार्थीले कपिलवस्तुको जगदिशपुर ताल र नवलपरासीको त्रिवेणी धामको अवलोकन गरी मनोरन्जनका साथ त्यस क्षेत्रको धार्मिक, सामाजिक र ऐतिहासिक अवस्थाको जानकारी पाएको विद्यालयको प्रावी तहकी संयोजक मिना भट्टराईले जानकारी दिइन् । 

44

शैक्षिक भ्रमणले आत्मविश्वासको विकास,स्मरण शक्तिमा सुधार र अध्ययनप्रति रुचिसमेत जगाउने भएकाले कक्षा छ र सातका विद्यार्थीहरुले चार दिने स्याङ्जा, पोखरा, धम्पुस र सिकलेसको अवलोकन भ्रमण गरी अन्नपूर्ण, माछापुच्छे्र्र्र् जस्ता हिमालको अवलोकन गर्नुका साथै त्यहाँको आर्थिक, सामाजिक जीवनको ज्ञान प्राप्त गरेको आधारभूत तहका संयोजक विजय कार्कीले बताउनु भयो भने कक्षा दशका विद्यार्थीले सप्ताहव्यापी धरान, सिक्किम र दार्जलिंगको अवलोकन गरी प्रवासी नेपालीले भोगेका कथाव्यथा, नेपाली मूलका भारतीय नागरिकको अवस्था र नेपाल भारत सम्बन्धका बिबिध आयाम बारे थप ज्ञान प्राप्त गरेको विद्यालयका मावि संयोजक महेन्द्र पौडेलले जानकारी दिए । कक्षा बारका विद्यार्थीले सप्ताहव्यापी पोखरा, बाग्लुङ, बेनी, मुस्ताङको भ्रमण सम्पन्न गरी पर्वतारोहण,  ट्रेकिङ, फोटो ग्राफी, हिमाली जनजीवन आदिका बारेमा जानकारी लिएको प्लस टु संयोजक  महेस पौडेलले बताए ।

33

योगा, ध्यान, फुटसल, बास्केटबल, कराँते, स्विमिङ, नृत्य, गायनजस्ता खेलकूद, कलालाई पाठ्यक्रममा समावेस गरेर अगाडि बढेको ब्रिटिस ग्रामर स्कुलले फिल्ड ट्रिप र भ्रमणलाई पनि उत्तिकै मह्त्व दिएको विद्यालयकी निर्देशक पुष्पा कँडेलले जानकारी दिइन् । शैक्षिक भ्रमणका रुपमा भारत, चाइना, श्रीलंका, जापान गइसकेका र आउँदो वर्ष अमेरिकाको नासा टुर जान लागेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले हर्षका साथ जानकारी दिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।