काठमाडौं । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो । प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । आजको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ ।
प्रतिक्रिया