ताजा अपडेट »

बुटवल मेलामा साँस्कृतिक उपसमितिको विशेष तयारी : ‘लाफ्टर च्यालेन्ज’सहित यस्ता छन् आकर्षण

सोमबार, ०१ पुस २०८१, २० : ०१
368 Shares
सोमबार, ०१ पुस २०८१
368 Shares

बुटवल । बुटवलमा हुने औद्योगिक व्यपार मेलालाई विगतका वर्षभन्दा फरक रुपमपा सञ्चालन गर्न साँस्कृतिक उपसमितिले विशेष तयारीकासाथ विभिन्न नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ । यही पौष ३ गतेदेखि बुटवल मण्डवमा शुरु हुने व्यापार मेलामा यस पटक नयाँ कार्यक्रमका रुपमा  ‘अब हास्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी आयोजना हुने भएको छ । 

यसैगरी युवाहरुलाई विशेष जोड दिएर बुटवलका विभिन्न ७ वटा लोकल ब्याण्डहरुको उपस्थितीमा प्रतिस्तुी रहने साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजूले जानकारी दिए । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष १८ गतेसम्म हुने महोत्सवमा भजन प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, प्रदर्शनी आइडिएल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत समावेश गरिएको संयोजक कसजूले जानकारी दिए । बढिभन्दा बढी दर्शक तान्ने साँस्कृतिक कार्यक्रम भएको हुँदा समयको माग र दर्शकको चाहना अनुसार कार्यक्रमहरु तयार भएको बताए । हरेक वर्ष गितसंगित र कला क्षेत्रका युवाहरुलाई अवसर दिने प्लेटफर्मको रुपमा मेलाको साँस्कृतिक पाटो भएको उनले दाबी गरे । 

यसैगरी धेरैपछि बुटवलको महोत्सवमा स्थानीय लोकल ब्याडको प्रस्तुती हुन लागेको साँस्कृतिक उपसमितिका सह संयोजक सुमन श्रेष्ठले बताए । गायक बसन्त श्रेष्ठको नेतृत्वमा सात वटा स्थानीय ब्याडहरुको प्रस्तुति रहनेगरी कार्यतालिका तयार पारिएको उनले जानकारी दिए । सोमबार सम्पन्न साँस्कृतिक उपसमितिको बैठकमा हालसम्म भएका तयारी र योजना बारे समीक्षा गरिएको थियो । 

सो अवसरमा लोकदोहरी प्रतियोगिताका लागि हालसम्म १० टिम दर्ता भईसकेको, विद्यालयस्तर लोकनृत्य प्रतियोगितामा ३५ विद्यालयलाई पत्राचार गरिएको र दर्ता प्रक्रिया जारी रहेको तथा भजनतर्फ ३० टिम सहभागी हुने आकलन रहेको बारे जानकारी गराइएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले विधागत संयोजक तोकेर जिम्मेवारीसहित कामको बाडभाड गरिएको बताए । १२ औ संस्करणको प्रदर्शनीमा आईपुग्दा धेरै कलाकारहरु मेलाबाट उत्पादन भएको भन्दै उनले संस्कृति जगेर्नालाई जोडेर मेला महोत्सवको साँस्कृतिक कार्यक्रम हुने उनले बताए । लोक कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए ।

कार्यक्रममा सल्लाहकार खिम बहादुर हमालले बुटवलको मेलामा ०५६ सालमा लोकदोहरी प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै त्यसबेला गाउँगाउँबाट सहभागी ल्याउने गरिएको बताए । भेषभुषा र संस्कृति दुबैलाई जोड दिएर लोकदोहरी कार्यक्रम चलाउँदा यो नै मेलामहोत्सवको ब्राण्ड बन्न सफल भएको उनले बताए ।

कार्यक्रममा संघका महासचिव मुक्ति अधिकारीले साँस्कृतिक फाट महत्वपूर्ण हुने बताए । स्थानीय कलासंस्कृतिलाई जोडेर मेलालाई दशर्कमय बनाउने माध्यम भएकोहुँदा विशेष प्राथमिकता दिईएको बताए । कलाकारलाई बढिभन्दा बढि स्टेज शोको अवसर दिने उनले बताए ।

कार्यक्रममा लाफ्टर प्रतियोगिताका संयोजक गोपाल अधिकारीले पुसको मेला भनेको एउटा पर्वको रुपमा चिनिने बताए । अन्य क्षेत्रमा चलेको मेलामहोत्सवभन्दा बुटवलको आकर्षक र फरक हुने गरेको उनले दाबी गरे । यसैगरि अहिलेसम्म बुटवल आईडल विजेताहरुलाई एउटै स्टेजमा प्रस्तुति समेत राखिने उनले बताए । यसैगरि विविध सास्कृतिक उपसमितिका संयोजक सिता रानाले धार्मिक, जातिगत संस्कृतिहरु प्रदर्शन हुने बताईन ।

कार्यक्रममा दोहोरी गीत संयोजक दामोदर बश्याल, विद्यालयस्तर लोकनृत्य प्रतियोगिता संयोजक सुन्दर गुरुङ, लोकभजन संयोजक रितु थापाले लगायतले आफ्ना जिम्मेवारी अनुसार भएका तयारीहरु बारे जानकारी गराएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।