ताजा अपडेट »

पाकिस्तानविरुद्ध नेपाल छ विकेटले विजयी

सोमबार, ०१ पुस २०८१, १७ : २२
16 Shares
सोमबार, ०१ पुस २०८१
16 Shares

काठमाडौं। महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । 

नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्धतले ४७ रन बनाएकी हुन् । यस्तैै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको योगदान दिइन् । नेपालले अतिरिक्त १५ रन पायो । 

बलिङतर्फ पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो ।  

पाकिस्तानका लागि कोमल खानले ४४ बलमा दुई चौकासहित ३८ रन बनाइन् । यस्तै, महम अनीसले नटआउट २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२, फातिमा खानले नटआउट छ रन बनाइन् भने अरीशा अन्सारीले एक रन जोडिन् । 

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिइन् । यो सँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।