ताजा अपडेट »

‘खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ’

सोमबार, ०१ पुस २०८१, १७ : १५
16 Shares
सोमबार, ०१ पुस २०८१
16 Shares

धरान। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । 

धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

“बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौं,” मुख्यमन्त्री कार्कीले भने ।
    
स्व. खेलाडी रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालयस्तरीय तेस्रो यु–१८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा १२ वटा टोली सहभागी रहेको आयोजक मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताए। 

विजेता टोलीलाई नगद रु २५ हजार, उपविजेतालाई नगद रु १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।