बुटवल। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाको रकमबाट विद्यार्थीलाई छात्रावृत्ति बाँडेका छन् । प्रमुख खाँणले सोमबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ विद्यार्थीहरुलाई आफ्ले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकमबाट दरजनही ५ हजारका दरले ७ लाख ३० हजार छात्रबृति बाँडेका हुन् ।
नगर प्रमुख खाँणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएका छन् । नगर प्रमुख खांणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएको बताए ।
उनले यस रकमले पढ्न ईच्छा भएरपनि बीचमै पढाई रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए । म धनी भएकाले पैसा बांडे भनेर प्रचार गर्न दिएको होइन, उनले भने, कुनैपनि बालबालिकाले पढ्ने अधिकारबाट बन्चित हुनु हुंदैन भन्ने मान्यता आत्मसाथ गर्दै आफ्नो पारिश्रमिक बांडेको हुं । उनले बालबालिकामा लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताएबालदिवसको दिन आफ्नो पारिश्रमिक बाफतको रकमबाट विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्ने गरेको भएता पनि प्राविधिक कारणले यस वर्ष बालदिवसको दिन प्रदान गर्न नपाएको उनले बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देबी चौधरी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले छात्रबृत्तिको रकममा विद्यार्थीहरुले आफुलाई चाहिने पोसाक तथा कापि कितावमा मात्रै खर्च गर्न आग्रह गरे ।
सोही कार्यक्रममा तिलोत्तमा नगरपालिकाले कक्षा ८, एसईई र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैया र प्रशंसापत्रले सम्मान गरिएको थियो । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पनि आफूले पाउने मासिक पारिश्रमिक र सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थी लाई छात्रवृत्ति दिन शुरू गरेका थिए ।
प्रतिक्रिया