ताजा अपडेट »
नेपाल प्रिमियर लिग

प्ले अफ चरणमा पुग्न संघर्षरत कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

सोमबार, ०१ पुस २०८१, १० : ४७
44 Shares
सोमबार, ०१ पुस २०८१
44 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली) मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा रोकिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

प्लेअफका लागि जित्नै पर्ने खेलमा कर्णालीले ठूलो लक्ष्य खडा गर्न सकेन।कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।