ताजा अपडेट »

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

सोमबार, ०१ पुस २०८१, ०९ : ०७
58 Shares
सोमबार, ०१ पुस २०८१
58 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।  

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् ।  सिंहको निधनमा काठमाडौं  महानगरले शोक विदा दिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।