ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

लिग चरणको अन्तिम खेलमा कर्णालीले सुदूरपश्चिम विरुद्ध ब्याटिङ गर्दै

सोमबार, ०१ पुस २०८१, ०८ : ५७
108 Shares
सोमबार, ०१ पुस २०८१
108 Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेपछि कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स विरुद्ध ब्याटिङ गर्दै छ । खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको थियो। 

खेलका लागि सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। कर्णालीले भने टोलीमा एक परिवर्तन गरेको छ। युनिस ठकुरीको स्थानमा रित गौतमलाई खेलाएको छ। 

सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। आजको जितले उसको शीर्ष दुई स्थान पक्का हुनेछ। यता कर्णालीले ठूलो अन्तरले पराजित भए मात्र बाहिरिने अवस्थामा छ। जितले कर्णालीको शीर्ष दुईमा पुग्न सक्नेछ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।