ताजा अपडेट »

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न

आइतबार, ३० मंसिर २०८१, २२ : ३१
28 Shares
आइतबार, ३० मंसिर २०८१
28 Shares

काठमाडौँ, ३० मङ्सिरः प्रारम्भ फाउण्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागितामा शो सम्पन्न भएको हो । विभिन्न १० वटा ‘सिक्वेन्स’मा सम्पन्न फेसन शोमा आठजना डिजाइनरले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए ।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उहाँले भन्नुभयो, “नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ । चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।”

फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल–२०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, ‘¥यापर’ साकारलगायत कलाकारले प्रस्तुति दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।