ताजा अपडेट »

अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

आइतबार, ३० मंसिर २०८१, १० : ४६
20 Shares
आइतबार, ३० मंसिर २०८१
20 Shares

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएकाे हाे ।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको छ । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । भत्ता रकम आमाबाबा गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।